१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे शुरु हुनेछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको थियो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको हो । १४ अङ्क जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ ।

चन्द्रपुर ६ अङ्कसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ, भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech