१३ बैशाख २०८१, बिहीबार

सिक्री चोरेको आरोपमा पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँके प्रहरीले सिक्री चोरी गरेका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अन्य जिल्लामा सिक्री चोरेर बाँकेमा बस्दै आएका कालिकोट रास्कोट नगरपालिका वडा न.१ बस्ने ३५ वर्षीय प्रकाश शाहीलाई पक्राउ गरेको हो ।

शाहीलाई ५९ हजार नगद र मोटरसाईकलसहित बाँकेको कोहलपुर नगरपालिका वडा नं(३ किरणनाला नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।

शाहीले कैलालीको चुरे गाउँपालिका वडा नं. ५ खानीडाँडा स्थित होटेलमा नास्ता खाने क्रममा होटेल संचालकलाई नसाजन्य पदार्थ मिसिएको जुस खुवाई निजको दुई तोलाको सुनको सिक्री र तीन लाख २० हजार लुटेर फरार रहेको प्रहीले जनाएको छ । पक्राउ परेका शाहीसंग भे ४ प ९५२५ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech