१२ बैशाख २०८१, बुधबार

नेपालगञ्जको स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुँदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि नेपालगञ्ज उप–महानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच शनिवार नेपालगञ्ज उप–महानगपालिकाकामा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीत्रिमा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयाग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गरे ।

स्वास्थ्यजन्य फोहार व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणहरुको सहयोग जिआईजेडले गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया शुरु गरेको छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै मेयर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठुलो उपलब्धी भएको बताए ।

उनले सम्झौता अनुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाउने बताए । नगर उपमेयर उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकोमा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरिन् ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द्र वडा नम्बर ५ का अध्यक्ष कैफुल वरा जोलाह, कार्यपालिका सदस्य कौशलकुमार धोवी, जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्राविधिक सल्लाहकार सुबास नेपाल लगायतको उपस्थिती थियो ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech