बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वगडा न ४ मा आधुनिक सोमिक राइस मिल सञ्चालनमा ल्याइएको छ ।
उदयमान युवा व्यवसाय सिता राम खत्रीले ४५ लाख लागतमा सोमिक राइस मिल सञ्चालनमा ल्याएका हुन् ।
बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष कालि बहादुर सिहले उक्त आधुनिक सोमिक राइस मिलको उद्घाटनगरे ।
सिहले बढ्दो बैदेशिक रोजाईलाई सधैका लागि अत्य गर्न यस्ता युवाहरु सक्रिय हुदाँ आफु हर्षित भएको बताए ।
सिहले बैदेशिक रोजगारी कष्टकर हुने हुँदा युवाहरु स्वदेशमा नै केही न केही व्यवसायमा लाग्नु पर्ने बताए ।
हाल बैजनाथ गाउँपालिकाले युवाहरुको लागि स्वरोगार नीति मार्फत कृषि र पशु पालनका कार्यक्रमल संचालन गरीरहेको सिहको भनाइ
थियो ।
आधुनिक राइस मिलमा आधानिक तरीकाले विभिन्न खाद्य सामाग्रीहरु कुटानी पिसानी , पेलानी गरीनुका साथै गल्ला खरीद समेत हुने सञ्चालक सिता राम खत्रीले जानकारी गराए ।
उद्घाटन कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि व्यवसायिक लगाएतको सहभागिता थियो ।