८ बैशाख २०८१, शनिबार

बैजनाथमा युवा व्यवसाय खत्रीले सञ्चालनमा ल्याए सोमिक राइस मिल

उदयमान युवा व्यवसाय सिता राम खत्रीले ४५ लाख लागतमा सोमिक राइस मिल सञ्चालनमा ल्याएका हुन् ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका वगडा न ४ मा आधुनिक सोमिक राइस मिल सञ्चालनमा ल्याइएको छ ।

उदयमान युवा व्यवसाय सिता राम खत्रीले ४५ लाख लागतमा सोमिक राइस मिल सञ्चालनमा ल्याएका हुन् ।

बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष कालि बहादुर सिहले उक्त आधुनिक सोमिक राइस मिलको उद्घाटनगरे ।

सिहले बढ्दो बैदेशिक रोजाईलाई सधैका लागि अत्य गर्न यस्ता युवाहरु सक्रिय हुदाँ आफु हर्षित भएको बताए ।
सिहले बैदेशिक रोजगारी कष्टकर हुने हुँदा युवाहरु स्वदेशमा नै केही न केही व्यवसायमा लाग्नु पर्ने बताए ।

हाल बैजनाथ गाउँपालिकाले युवाहरुको लागि स्वरोगार नीति मार्फत कृषि र पशु पालनका कार्यक्रमल संचालन गरीरहेको सिहको भनाइ
थियो ।

आधुनिक राइस मिलमा आधानिक तरीकाले विभिन्न खाद्य सामाग्रीहरु कुटानी पिसानी , पेलानी गरीनुका साथै गल्ला खरीद समेत हुने सञ्चालक सिता राम खत्रीले जानकारी गराए ।

उद्घाटन कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि व्यवसायिक लगाएतको सहभागिता थियो ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech