७ बैशाख २०८१, शुक्रबार

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, एक सय बढी घाइते
  • न्युज मानसराेवर

काठमाण्डौ । जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएपनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन । सुनामी अर्थात् समुद्री छालको खतरा नभए पनि अबको एक हप्तासम्म ठूला पराकम्प आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन त्यहाँको मौसमी विभागले आग्रह गरेको छ ।

भूकम्पका कारण अहिलेसम्म जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएका जापानका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले भौतिकरुपमा विभिन्न ठाउँमा माटोका ढिस्काहरु खस्नुका साथै सडकहरु पनि भासिएका छन् ।

भूकम्प जानेबित्तिकै मौसम विभाग र अरु सरोकारवालासहितको आकस्मिक बैठक बसेर विशेष टास्क फोर्स निर्माण गरेर उद्धार तथा क्षति न्यूनीकरण गर्ने प्रयास भइरहेको छ ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech