१४ बैशाख २०८१, शुक्रबार

मझगाउँ एयरपोर्ट निर्माणका लागि त्रिपक्षीय सम्झौता
  • न्युज मानसराेवर

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थलका निर्माणका लागि आज त्रिपक्षीय सम्झौता भएको छ । काठमाण्डौंमा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने छन् ।

मझगाउँ एयरपोर्ट गौचरणमा परिणत भएको धेरै समय भइसकेको छ । यो एयरपोर्ट स्ञ्चालनका लागि स्थानीय सरोकारवालाले आवाज उठाउँदै आएका छन् ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech