१३ बैशाख २०८१, बिहीबार

बाँकेमा सेनाको बस दुर्घटना, दश सैनिक घाइते
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलास्थित गएराति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवारमध्ये १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोलीले उद्धार गरेको हो । गम्भीर घाइते भएकाहरुको नेपालगञ्जको राझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech