४ बैशाख २०८१, मंगलवार

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
  • न्युज मानसराेवर

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार क्रममा मृत्यु भएको छ । सदरमुकाम तम्घासदेखि रेसुंगा नगरपालिका–१४ को पराल्मी जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप बुधवार बेलुकी रातामाटामा दुर्घटना हुँदा रेसुंगा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षका एकराज पोखरेलको घटनास्थलमै मृत्यु भएको हो ।

सोही वडाकी २८ वर्षकी शान्ती नेपाली र २७ वर्षकी गोमा नेपालीको उपचार क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

जिपमा सवार सोही वडाका ३७ वर्षका वीरबहादुर सुर्यवंशी, २२ वर्षका चालक भरत पोखरेल, ३७ वर्षकी गोमा तामद (नेपाली), ६६ वर्षका देवबहादुर नेपाली, २७ वर्षका प्रकाश नेपाली र उनकी छोरी ४ वर्षकी खुसी नेपाली घाइते छन् ।

घाइतेमध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सूर्यवंशी र चालक भरत पोखरेललाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।

जिप सडकदेखि करिब ६ सय मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech