७ बैशाख २०८१, शुक्रबार

ठाकुरबाबा नगरपालिका जनप्रतिनिधि बैजनाथमा

विकासको मार्गदर्शन भनेको  कालो पत्रे सडक मात्र नभई साना किसानहरुलाई विकासको मूलधारमा ल्याउनु हो ' भन्ने अभाष तुल्याएको छ श्रेष्ठले  भने ।

  • आके छिनाल

बाँके बैजनाथ । बर्दिया ठाकुरबाबा नगरपालिका  मेयर तथा उपमेयर बैजनाथ गाउँपालिकामा अवलोकन भ्रमण गरेका छन ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भइरहेको साना किसान उद्यमी सुदृढिकरण परियोजनाको ठाकुरबाबा नगरपालिका मेयर घटनारायण श्रेष्ठ ,उपमेयर कुश्मा सिह थारुले अवलोकन भ्रमण गरेका हुन् ।

भ्रमणका  क्रममा बैजनाथ  वडा नं ४ मा सुधारिएका खोर गोठ, उपलब्ध गरिएका मूल पशुधन,डाले तथा भुई घाँस, घाँस को नर्सरी व्यवस्थापनको अवलोकन गरिएको थियो ।

ठाकुरबाबा नगरपालिका मेयर घटनारायण श्रेष्ठले समुह अन्तर क्रियामा आफ्नो धारणा राख्दै  विकासको मार्गदर्शन भनेको  कालो पत्रे सडक मात्र नभई साना किसानहरुलाई विकासको मूलधारमा ल्याउनु हो ‘ भन्ने अभाष तुल्याएको छ श्रेष्ठले  भने ।   त्यो सोचका साथ आज बैजनाथ गाउँपालिकाले सञ्चालन गरेको परियोजना अध्ययन अवलोकनगर्न आएका छौँ खुसी लाग्यो उनले भने ।

मेयर श्रेष्ठले मानिसमा जब सकारात्मक  सोचको  विकास  हुन्छ  त मात्र समृद्धि सम्भव हुन्छ  श्रेष्ठले भने । बैजनाथ गाउँपालिकाले शुभारम्भ गरेको कार्यक्रमको प्रभावकारिता थप शशक्त हुने विश्वास व्यक्त गरे ।

समुह अन्तरक्रियामा बोल्दै ठाकुरबाबा नगरपालिकाका उपमेयर कुश्मा सिह थारु ले ठाकुरबाबा नगरपालिकामा कृषि तथा पशु को क्षेत्रमा विकास गर्न सफल परियोजनाको खाजीमा थियौं जुनआज बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भइरहेको साना किसान उद्यमी सुदृढिकरण परियोजनामा आवद्ध दिदी बहिनी हरुको जीवनमा आएको परिवर्तनले हामीलाई परियोजना सञ्चालनका लागि थप हौसला दिएको बताइन् ।

थारुले समुह संग अन्तरक्रिया गर्न पाउदा खुसी महसुस तुल्याएको बताउदै महिला शशक्तिकरण मुख्य विकासको आधार हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्वागत गर्दै बैजनाथ गाउँपालिकाको लागि सौभाग्य हो उनले भने ‘।    बैजनाथमा सञ्चालन गरिएको परियोजना नमुना महशुस गर्दै ठाकुरबाबा नगरपालिकामा  यही मोडेलमा परियोजना सञ्चालन गरिए   पक्कै पनि यो बैजनाथ गाउँपालिका र परियोजनाका लागि उत्साहित र गर्बको विषय हुनेछ रुचालले  भने   ।

कार्यक्रममा बैजनाथ गाउँपालिका तथा समुहका तर्फ बाट उपहार स्वरुप तरकारी उपलब्ध गराइएको थियो ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, वडा न ४ का अध्यक्ष कालि बहादुर सिह र हेफर इन्टरनेशनल नेपालका तर्फ बाट सह निर्देशक दुर्गा केसी, क्षेत्रिय प्रवन्धक प्रेम स्वायम्बोयू , गैर सरकारी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष धर्मलाल रोकाया लगाएतको सहभागिता रहेको थियो ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech