१४ बैशाख २०८१, शुक्रबार

टिप्परको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु
  • न्युज मानसराेवर

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका ५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परले शुक्रवार बेलुका ठक्कर दिँदा भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएलगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिए ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech