१४ बैशाख २०८१, शुक्रबार

साइबर सेना बनेर खटिने युवा संघको निर्णय
  • न्युज मानसराेवर

काठमाडौं । नेकपा ओली समूहका राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले बताए ।

साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’, उनले भने ।

आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम भइरहेको भन्दै उनले यसलाई नियन्त्रण गर्न साइबर सेना परिचालित हुने सिंहले बताए ।

‘यसले हतियार बोक्ने छैनन्, तर बुद्धिको प्रयोग गर्नेछ । यसबाट आत्तिनेहरुले साइबर स्याल भनिरहेका छन् । तर, हामी विवेकपूर्ण ढंगले परिचालित हुनेछौं’, उनले भने ।

आगामी चैतभित्रै ओलीको पक्षका पाँच लाख बर्दी बिनाको सेना निर्माण हुने सिंहले बताए ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech