१२ श्रावण २०८१, शनिबार

औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै
  • न्युज मानसराेवर

काठमाण्डौ । बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाँदैछन् ।

प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । पूर्वपश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँठाउँमा सुरक्षा जाँचसँगै गस्ती बढाएका छन् । प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत सोमवार दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन् ।

नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech