१४ बैशाख २०८१, शुक्रबार

भेरी अस्पताल आसपास पार्किङ गरे १ हजार जरिवाना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जको भेरी अस्पताल अगाडि पार्किङ गरे जरिवाना तिर्नुपर्ने भएको छ । अस्पताल अगाडि जथाभावी सवारीसाधन पार्किङ गरेर अस्तब्यस्त रुपमा छोडिएका आधा दर्जन मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके, भेरी अस्पताल, मालपोत र नापी कार्यालय अगाडि पार्किङ गरे जरिवाना गरिने बताएको छ । जथाभावी पार्किङ गरेको जनगुनासो बढेपछि ट्राफिक प्रहरी बाँकेले त्यहाँ हुँदै आएको अब्यबस्थित पार्किङलाई रामलिला मैदानमा सारेको नेपालगन्ज ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक सिद्दीगणेश शाहले भने । शाहका अनुसार नयाँ बनेको पार्किङ स्थलमा पार्किङ गर्न अनुरोध गर्दा पनि अटेर गरेका आधा दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिएर कार्यालय लिएर जरिवाना गरिएको हो ।

अबदेखि ट्राफिक प्रहरी त्यस स्थानमा रही सबै सवारीसाधन चालकलाई रामलिला मैदानमा पार्किङ गर्न अनुरोध गर्नेछ तर अटेरी गर्नेलाई भने सिधै १ हजार रुपैयाँ जरिवाना काटिने ट्राफिक प्रहरीले बताएको छ ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech