१२ श्रावण २०८१, शनिबार

५ दिने लेखा व्यवस्थापन तालिम सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ । सामाजिक उद्यमी महिला सहकारीलाई ५ दिने लेखा व्यवस्थापन तालिम  समापन गरिएको छ ।

स्थानीय सरकार तथा दातृय निकाय हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित परियोजनामा आवद्ध बैजनाथ सामाजिक उद्यमी महिला सहकारी तथा कोहलपुर सामाजिक उद्यमी महिला सहकारीलाई  लेखा व्यवस्थापनको तालिम सञ्चालन गरिएको थियो ।

बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा साना किसान उद्यमी सुढृढिकरण परियोजना  कार्यक्तम संचालन छ ।

५ दिने लेखा व्यवस्थापन तालिमको समापनमा बोल्दै उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रबि रोकायाले साना किसानहरुको उत्पादन र उत्पादित वस्तुको बजारीकरणले मात्र समृद्धि सम्भव हुने हुदा त्यसका लागि लेखा व्यवस्थापन तालिमले सहकारी संचालनकहरुलाई टेवा पुग्ने बताए ।

उनले अब साना किसानहरुको दिदी बहिनीहरुको जीवन रुपान्तरणको मुख्य जिम्मेवार सामाजिक उद्यमी सहकारी नै रहेको दावि गरे ।

प्रशिक्षक गोपाल बहादुर थापाले कतव्य निष्ठ र अनुभव सगाल्दै यहाँ सम्म आएको छु यहाँहरुले पनि आफुहरु सँग भएका अनुभवलाई एक अर्कामा समन्वय गर्दे सहकारीको लेखा व्यवस्थापन गर्नु हुने छ उनले भने ।

थापाले अध्ययन को विकास गर्ने समेत सहकारी सञ्चालकहरुलाई आग्रह गरे ।

थापालाई कार्यक्रममा माला लगाइ विधाइ गरिएको थियो ।

समापन कार्यक्रमको बोल्दै महिला उपकार मंचकी अध्यक्ष विजुला अधिकारीले सघर्ष र निरन्तरता दिए सबै सम्भव हुने बताउदै सहकारीलाई चलाएमान बनाउन सबै सदस्यहरु क्रियाशिल हुनु पर्ने धारणा राखिन् ।

यसै गरी कार्यक्रमम कोहलपुर र बैजनाथका सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष तथा व्यवस्थापकले आ आफ्नो धारणा राखेको थिए ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech