१५ चैत्र २०८०, बिहीबार

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. विश्वकर्मा नियुक्त
  • न्युज मानसराेवर

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा
नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी
हुन् ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् । अनलाइन खबर

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech