१६ चैत्र २०८०, शुक्रबार

सहिद स्मारक ’बी’ डिभिजन लिगमा दुई खेल हुँदै
  • न्युज मानसराेवर

काठमाडौंं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बिहीवार दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् ।

यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् । यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लब विजयी भएका थिए ।

बाँसबारीले टुसाललाई ३–१ गोल अन्तरले र श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले हराएको हो ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech