१५ बैशाख २०८१, शनिबार

लोकतान्त्रीक व्यवसायी समूहको चुनावी नाराः व्यवसायिक सुरक्षा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख उदेश्य रहेको  बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाट गर्दै सो समूहले आफ्नो प्रमुल उदेश्य  व्यवसायिक सुरक्षा भन्दै मतदानका लागि अपिल गरेका हुन् ।

‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले बिहीबार कोहलपुरको उज्वल मेडिकल हल, न्यूरोड, चौराहा, मुख्य बजार, साँझा चोक, पीपलचौतारा हुँदै हाईस्कुल चोकसम्मका व्यवसायिहरुसँगको भेटघाट गर्दै कोहलपुर क्षेत्रको व्यापार व्यवसायको सुरक्षा आफ्नो प्रमुख एजेण्डा भएको मतदाताहरुलाई बताएका हुन् ।

कोहलपुर क्षेत्रमा रहेका  पसलहरुमा चोरीका घटनाहरु बढिरहेको, कोरोना भाईरसका कारण व्यापार व्यवसाय धरासय भएको, घरभाडा तिर्न नसक्दा व्यवसाय बन्द गर्नुपरेको, रुपैडिया बजारले कोहलपुरको व्यवसायमा असर गरिरहेको, खाद्य,मासु तथा माछा पसलमा अनावश्यक अनुगमन गरि दुःख दिईरहेको लगायतका समस्याहरु लोकतान्त्रीक समावेशी व्यवासयी समूहका उम्मेद्वारहरु बिचमा आफ्ना समस्या राखेका थिए ।

साथै फुटपातमा व्यवसायी गर्नेहरुले आफ्नो दिर्घकालिन रुपमा व्यवस्थापन गर्न माग गरेका छन् ।

लोकतान्त्रीक समावेशी व्यवासयी समूहबाट कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले व्यवसायीहरुले झेल्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि आफ्नो टिमले नीतिगत व्यवस्था नै गरी आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका
छन् ।

कोहलपुरलाई आधुनकि व्यापरिक केन्द्र बनाउन सुझाव
लोकतान्त्रीक समावेशी व्यवासयी समूहको व्यवसायिक भेटघाटका क्रममा कोहलपुरलाई आधुनिक व्यापारिक केन्द्र बनाउनका लागि उम्मेद्वारहरुलाई व्यवासयीहरुले  सुझाव दिएका छन् ।

कोहलपुर क्षेत्रमा लामो समयदेखि व्यवसायी गर्दै आईरहेका सागर गैरेले कोहलपुरको न्यूरोड क्षेत्रलाई व्यवसायिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने, भाटभटेनी जस्ता ठुला व्यवसाय संचालन गर्नुपर्ने, कोरोनाबाट थला परेको व्यवसायलाई पुरानै अवस्थामा फकाउनुपर्ने लगायत व्यवसायहरुले भोग्दै आएका समस्याहरुलाई बुझेर समाधान गर्न सक्ने नेतृत्व अब कोहलपुर उद्योग वाणिज्य संघमा आउनुपर्ने उनीहरुले बताएका हुन् ।

व्यवसायिक हक र हितका लागि सकरात्मक सोच भएको नेतृत्व अब आउनुपर्नेमा जोड दिएका छन् ।

साथै व्यवसायि गैरेले दिएका सुझावहरुलाई आत्मासाथ गर्दै लोकतान्त्रीक समावेशी व्यवासयी समूहले आफ्नो नीति तथा कार्यक्रमहरु ल्याउने अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पोडेललेप्रतिवद्धता जनाएका छन् ।

पछिल्लो केही दिन  व्यवसायिक भेटघाटलाई तिव्रता दिएको छ । लोकतान्त्रीक समावेशी व्यवासयी समूहलाई बिजय गराउन मत माग्दै नेपाली काँग्रेस बाँकेको उपसभापति फुलराम थारु, महासमिति सदस्य नारायण प्रसाद गौडेल, भानुभक्त भट्टराई, जिल्ला सदस्य चिन्तामणि धिताल, कोहलपुर नगरसभापति बलराम शर्मा, काँग्रेस नेता टेकनाराण भुषाल लगायत काँग्रेसका नेता तथा कार्यकर्ताहरुले व्यवसायिहरुसँग भेटघाट गरेका छन् ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech