१५ चैत्र २०८०, बिहीबार

शान्तिनगरवासीको माग प्रति अथकको एकेबद्वता
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले शान्तिनगरवासीको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगरमा बस्दै आएका स्थानियहरु बसाई सराई, बिबाह दर्ता, जन्म दर्ता लगाएतका मौलिक हकको माग गर्दै केही दिनदेखी आन्दोलित छन ।

आफ्नो मौलिक हककालागि आन्दोलनमा उत्रिएका नागरिकहरुप्रति स्थानिय सरकारले वेवास्ता गरेको भन्दै साँसद अथकले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।

बिहिबार सामाजिक संजाल फेसबुकमा विज्ञप्ती जारी गर्दै अथकले प्रत्येक नागरिकको जन्म, मृत्यु, विवाह बसाइँ सराइ आदीको दर्ता गर्नु राज्यको दायीत्व भएको उल्लेख गरेका छन ।

कोहलपुर नगरपालिका र सम्बन्धीत वडा नं ११ को दुरासयपूर्ण रबैयाको कारण हालसम्म पनि सो कार्य अगाडी नबढ्नु दुर्भाग्यपूर्ण हो । अथकले अगाडी लेखेका छन, त्यसैले तत्काल उनीहरुको बसाइँ (सराइ दर्ता गर्न र भूमि ब्यवस्था आयोगको सुचना अनुसारको सुचिकृत गर्न हुन विशेष अनुरोध गर्दछु ।

साँसद अथकले कोहलपुर स्थित सम्पूर्ण राजनितिक दललाई उक्त समस्या समाधान गर्न तत्काल साझा पहल गर्न अपिल गर्दै साथै उनले शान्तिनगरवासीले गर्दै आएको जायज आन्दोलनप्रति एकेबद्वता समेत जाहेर गरेका छन ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech