१६ चैत्र २०८०, शुक्रबार

आज पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • न्युज मानसराेवर

आज देशका केही पहाडी जिल्लामा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ।

यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विभिन्न ठाउँमा वर्षा भइरहेको छ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech