१४ बैशाख २०८१, शुक्रबार

चार जना बालिका बलात्कार गर्ने किशोर पक्राउ
  • न्युज मानसराेवर

बर्दिया । बर्दिया जिल्लामा एउटै गाउँका ४ जना बालिकालाई बलात्कार गरको आरोपमा एक किशोर पक्राउ परेका छन् । बाँसगढी नगरपालिकाका ४ जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गर्ने ती १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक हप्ताअघि विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका ५–५ वर्षीया २, ६ वर्षीया १ र ८ वर्षीया बालिकालाई ती किशोरले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएका छन् ।

किशोरले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएको खुलेको छ । पीडित एक बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

उजुरीपछि आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech