१५ चैत्र २०८०, बिहीबार

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
  • न्युज मानसराेवर

अछाम । अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय ठाँटीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ठाँटीका प्रहरी निरिक्षक मदन सिंह धामिका अनुसार छात्राका अभिभावक संग र गाउँका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोधपुछ भइरहेको जनाएको छ ।

शिक्षक कुँवरले सोही बिद्यालयमा अध्यनरत छात्रा माथि शनिबार वनभोज खान गएको बेला यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले आन्दोलन गरिरेका छन् ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech