१५ चैत्र २०८०, बिहीबार

कस्को पल्लामा कोहलपुर व्यापार संघ नेतृत्व ?

वाणिज्य संघ कोहलपुरमा दुई समूहले गरे मनोनयन दर्ता

  • रबि रोकाया

बाँके बैजनाथ ।  कोहलपुर उद्योग बाणीज्य संघको निर्वाचनका लागि दुई प्यालनले उम्मेद्वारी दर्ता गराएका  छन् ।

कोहलपुरका व्यापारीहरुले   फागुन २२ गते हुने  कोहलपुर उद्योग बाणिज्य संघको  निर्वाचनका लागि  उम्मेद्वारी दर्ता गराइएको हुन ।

कोहलपुरका व्यपारीहरु अहिले  मुख्य रुपमा दुई समुहमा विभाजन भएका छन् ।

जसलाई सप्ता निकट र प्रतिपक्ष (कांग्रेस)  निकटका रुपमा कोहलपुर उद्योग वाणीज्य  संघको निर्वाचन हेरिएको छ ।

रोचक त के छ भने नेकपा विभाजनको चरम विन्दुमा रहेका बेला कोहलपुर उद्योग बाणीज्य संघमा भने (केपी , माधव ,प्रचण्ड ) समुह   साँझा समावेशी व्यवसायिक प्यालनका रुपमा  निर्वाचनमा  होमिएका छन् ।  (केपी , माधव ,प्रचण्ड ) निकट व्यापरी एक भएर निर्वाचनमा   होमिएका भए पनि असन्तुष्ट पक्षले आफ्नो समुहलाई सहयोग पुग्ने  अनुमान (कांग्रेस)   लोकतान्त्रीक समावेशी व्यवसायी समूहको अनुमान छ ।

निर्वाचनको प्रतिफल जसको भएपनि प्रमुख (केपी ,मावध र प्रचण्ड) निकट व्यपारीहरुको गठबन्धनको समुहलाई आम कोहलपुर बासीले हेरिरहेका छन् ।

नेपालमा केन्द्र देखी वडा स्तरमा नेकपा विभाजन  देखिएको बेला कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनले भने नेकपा विभाजन नभइ एक समुह  (साँझा समावेशी व्यवसायिक प्यालन) हुन आवश्यक रहेको सन्देश कोहलपुरका व्यापारीहरुले देखाएका छन् ।

नेकपा समर्थक साझा समावेशी व्यवसायिक प्यालनबाट अध्यक्ष पदका लागि विष्णु प्रसाद खनाल  काँग्रेस समर्थक लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट लक्ष्मणराज पौडेल टिम विच  कोहलपुर व्यापार संघको आगामी  नेतृत्वको लागि कडा प्रतिस्पधा हुने  अनुमान गरिएको  छ ।  दुवै समुहले आज  कोहलपुरमा र्याली निकाल्दै आफ्नो उम्मेद्वार दर्ता गराएका छन् ।

तर यही विचमा कोहलपुरका व्यापारीहरुको र्फम नविकरण नहुनु रहश्य र सेटिङका रुपमा हेरिएको छ  भने  निर्वाचनमा आम व्यापारीहरु चासो नवीकरणमा नहुनुले  व्यापारीहरुको साझा संस्था  कोहलपुर उद्योग वाणीज्य संघको गरिमा व्यापारी केन्द्रित नभइ राजनितिक गर्ने थलोका रुपमा विकास भइरहेको छ ।

नाम नबताउने शर्तमा एक जना कोहलपुरका व्यपारीले निर्वाचनका बेला र्फम स्वत नविकरण हुने र रकम दिन नपर्ने बताए । यसले पनि कोहलपुरका व्यापारीहरु निर्वाचनमा र्फम दर्ताका लागि चाखे थाप्ने प्रवृद्धि रहेको बुझन सकिन्छ भने निर्वाचनमा उम्मेदवारले निर्वाचन आचारसहिंताका सिमा नहुनुले पनि  व्यापारीहरुको  बढी खर्च गर्ने थलोका रुपमा विकास भइरहेको छ ।

साझा समावेशी व्यवसायिक प्यालनको वरिष्ठ उपाध्यक्ष पदका लागी तेज प्रसाद अधिकारी, उद्योग तर्फको उपाध्यक्षका लागि कमल खड्का, वाणिज्य उपाध्यक्ष तर्फको पदका लागि बलराम देवकोटा, महासचिव पदका लागि नविन खड्का, उपमहासचिव पदका लागि परसुराम लामिछाने, कोषाध्यक्ष पदका लागि खेम प्रसाद घिमिरे, सहकोषाध्यक्ष पदका लागि भुपेन्द्र प्रसाद काफ्ले, सदस्यहरुमा पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगि, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् ।  संघको फागुन २२गते हुने निर्वाचनका लागि दुवै समूहले आफ्नो निर्वाचन अभियानलाई तिव्रता दिईरहेका
छन् ।

त्यस्तै  लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षका लागि चण्डी प्रसाद गैर, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उप– महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह–कोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् । त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी , दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन्भने , महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेद्वारी दर्ता गराएका छन् ।

 

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech