१४ बैशाख २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको खोप
  • न्युज मानसराेवर

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदीले आज बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।

मोदीले ट्वीट गर्दै आफूले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिए । उनले ट्विटरमा लेखे, ‘एम्समा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएँ । हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको उल्लेखनीय छ ।’

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech