४ बैशाख २०८१, मंगलवार

 आफुहरुको जित निश्चीत भएको खनालको भनाई
  • न्युज मानसराेवर

बाँके बैजनाथ । यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनकालागी मतदान गर्न व्यवसायी भेटघाट कार्यक्रम गरिएको छ ।

खनाल नेतृत्वको समुहले कोहलपुर ८ पिपरी, कोहलपुर ६ रझेना र कोहलपुर १० हाईस्कुल क्षेत्रका व्यवसायीहरुसँग भेटघाट तथा व्यववसायीक सुझाव संकलन गरिएको अध्यक्ष पदका उम्मेदवर बिष्णु प्रसाद खनालले जानकारी दिए । खनालले साना व्यवसायीहरु प्रबद्धन गर्न, महामारीका कारण समस्यामा परेका व्यवसायीलाई बित्तिय संस्थाहरुको सहकार्यमा सहयोग कार्यक्रमहरु संचालन गर्न, करदाता शिक्षा संचालन गर्न सुझाव आएको जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष उम्मेदवार तेज प्रसाद आधिकारीले आफुहरुले पिपरी, रझेना र हाईस्कुल क्षेत्रका व्यवसायीको उल्लेख्य माया पाएको बताए । उनले व्यवसयीक भेटपछि आफुहरुको जित सुनिश्चित भएको समेत बताए ।

महासचिव पदका उम्मेदवार नबिन खडकाले कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र सम्वद्र्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता भएकाले बिष्णु खनाल नेतृत्वको सम्पुर्ण प्यानल बिजयी गराउने प्रतिबद्धना व्यवसायीहरुले जनाएको बताए । उनले करदाता शिक्षा र हेल्प डेस्क, घरबेटी र व्यवसायी बिच देखिने समस्या समाधान, कोरोना माहामारीका कारण समस्यामा परेका सबैखाले व्यवसायीको संरक्षण गरिने समेत बताए ।

उद्योग तर्फका उपाध्यक्ष कमल खड्काले सबैखाले उद्योगहरुको संरक्षण आफुहरुको प्रथमिकता रहेको बताउदै आफुहरुलाई बिजयी गराउन अपिल गरिएको बताए । उनले उद्योगीहरुको संरक्षण र प्रवद्र्धनका लागी राज्यका निकायहरुसँग समन्वय गरी उद्योग मैत्रि निती बनाउनका लागि पहल गरिने बताए ।

बाणिज्य तर्फका उपाध्यक्ष बलराम देवकोटाले सिमा बजारका कारण समस्यामा परेका व्यवसायीको संरक्षण लागि उपभोक्ता शिक्षा, बस्तुगत व्यवसायीहरुलाई संरक्षण गर्नका लागी आफुहरुलाई मत दिन आग्रह गरिएको बताए ।

उपमहासचिव पदका उम्मेदवार परशुराम लामिछानेले संघलाई व्यवसायीले मेरो संस्था हो भन्ने दायित्व बोध गर्ने र गराउने गरि आफ्नो टिमले काम गर्ने बताए । उनले संघ व्यवसायीको हितमा दतचित छ भन्ने भावनको बोध गराउने बताए । उनले पछिल्लो समय चुनावको मुखमा मात्रै फर्म नबिकरण गर्ने प्रथाको अत्य गरिने बताए ।

कोषाध्यक्ष पदका उम्मेदवार खेम प्रसाद घिमीरेले आफुहरु पारदर्शी आर्थिक गतिबिधी गर्ने प्रतिबद्धता सहित चुनावमा होमिएको बताए । उनले हरेक वर्ष आर्थिक गतिबीधी सार्वजनिक गर्ने र संघको सुबिधायुक्त भवन निर्माण गरि छाड्ने बताए ।

बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा सदस्यहरुमा पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगी, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्यालले उम्मेद्वारी दर्ता गराएका छन ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech