१५ चैत्र २०८०, बिहीबार

बसको ठक्करबाट बाँकेमा एकको मृत्यु, दुई घाईते
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बसको ठक्करबाट कोहलपुरमा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै भे १ ख २२३९ नम्बरको बसले मंगलवार विहान ठक्कर दिँदा सोही ठाँउका २५ वर्षीय बिरेन्द्र शाहीको मृत्यु भएको हो ।

भे १० प ५६१ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई बसले ठक्कर दिएको थियो । शाहीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बस र पश्चिमबाट पूर्व आउँदै गरेको मोटरसाइक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अन्य २ जना घाईते भएका छन । तिब्र गतिमा रहेको बसले मोटरसाईकलसँगै पैदलयात्री र साईकलमा सवार ब्यक्तिलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट साईकलमा सवार बैजनाथ गाँउपालिका २ का २१ वर्षिय प्रदिप आचार्य र कोहलपुर नगरपालिका ३ का पैदलयात्री १९ वर्षिय प्रकाश महतरा घाईते भएका हुन् ।

घाईतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार बेलुका टिप्परको ठक्करबाट बाँकेको कुशुममा एक जनाले ज्यान गुमाएका थिए । मोटरसाईकलमा रहेको दाजुभाईलाई टिप्परले ठक्कर दिदाराप्तीसोनारी गाँउपालिका ५ बस्ने वर्ष २५ का ढकबहादुर खड्काको ज्यान गएको थियो भने उनका दाजु वर्ष ३५ का मान बहादुर खड्का गम्भीर घाईते भएका थिए ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech