१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै
  • न्युज मानसराेवर

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै छन् । प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेको छ ।

ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने छन् । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।

उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ । ओली आइतवार झापा र सोमवार पोखरा गएका थिए ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech