१४ बैशाख २०८१, शुक्रबार

ढकेरी उदैनको साधारणसभा सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उदैन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा चौथो साधारणसभा बुधबार सम्पन्न भएको छ ।

सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै सांसद नमुनाले सामाजिक कार्यमा स्थानीय वासी एक ढिक्का भएर लाग्नुपर्ने बताउदै विकासमा स्वयं जनता नै जागरुक हुनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडा सदस्य पुर्ण बहादुर वलीले ढकेरी क्षेत्रमा खानेपानी आवश्यक रहेको बेलामा यो संस्था स्थापना हुनु नै गौरवको कुरा भएको बताए ।

कार्यक्रममा संस्थाका सचीव श्रीधर उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म १३ सय घरधुरी मध्ये ७ सय ८१ घरधुरी सदस्य रहेको र ६ सय ४२ घरमा २४ घन्टा पानी आपूर्ति भैरहेको जानकारी गराएका थिए कार्यक्रम लेखा समिति संयोजक धन सिह वलीले आर्थिक वर्ष २०७६÷०७७ को २३ लाख ३७ हजार ३ सय ११ रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रम सहजकर्ता राम बहादुर भणडारीले सार्वजनिक सुनुवाइको सहजीकरण गरेका थिए ।

कार्यक्रम संस्थाले लिएको न्युनतम १ सय शुल्क बढी भएको हुँदा मिटरमा देखाएको अंक अनुसारको शुल्क लिनुपर्ने उपभोक्ताहरुले माग गरेका थिए । तर समितिले शुल्क नघटाउने बरु पानी शुद्धीकरण गर्न सहमत भएको बताइएको छ ।

संस्थाका अध्यक्ष लक्षीराम केसीको सभापतित्वमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेकी प्रमुख मिना सिंह, राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ कि वडा सदस्य सीता बिक, मिना विष्ट विद्यालयका प्रहरी सामुदायिक वनका प्रतिनिधिहरु उपभोक्ता लगाएको सहभागिता रहेको थियोे ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech