६ बैशाख २०८१, बिहीबार

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
  • न्युज मानसराेवर

काठमाण्डौ । न्युजिल्याण्डमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिस्बन सहरबाट झण्डै १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको बीबीसीले जनाएको छ ।

तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको छ ।

न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन भनेको छ । भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आएको छैन ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech