४ बैशाख २०८१, मंगलवार

सभापतिमा लड्ने कांग्रेस केन्द्रीय सदस्य गुरुङको दाबी
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण कुमार गुरुङले १४ औं महाधिवेशनमा आफू सभापति पदमा लड्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शुक्रवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा गुरुङले उमेरले भन्दा पनि विचार र एजेण्डाले नेतृत्व क्षमताको मूल्यांकन हुने भन्दै आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने दृढता व्यक्त गरे । नेपालगञ्ज महाधिवेशनबाट आफू नेविसंघ अध्यक्ष भएको स्मरण गर्दै गुरुङले आफ्ना लागि शुभभूमी रहेको नेपालगञ्जबाटै सभापतिमा लड्ने दृढता प्रकट गरे ।

नेपाली कांग्रेस सरकारको नेतृत्व गर्ने अवस्था आए नभाग्ने स्पष्ट पार्दै उनले कांग्रेसको समर्थन विना सरकार नै नबन्ने अवस्था रहेकाले कांग्रेसले संसद्मा उचित भूमिका खेलेर सरकार निर्माण प्रक्रियामा भाग लिने बताए । नेकपाका दुबै पक्षसंग सरकार गठनका लागि ढोका खुल्ला रहने स्पष्ट पार्दै केन्द्रिय सदस्य गुरुङले ओली समूह वा प्रचण्ड–माधव समूहसंग मिलेर सरकार बनाउन सक्ने अवस्था रहेको बताए ।

गुरुङले क्रियाशील सदस्यता टुंग्याउने काम अघि बढेको बताए । १० लाख क्रियाशील सदस्यमा २ लाख ३२ हजार ९ सय ७४ इन्ट्री भइसकेको जानकारी दिँदै उनले ४९ जिल्लाबाट इन्ट्रीका काम भइरहेको बताए ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech