८ बैशाख २०८१, शनिबार

‘बी’ डिभिजन लिगमा सोमवार दुई खेल हुँदै
  • न्युज मानसराेवर

काठमाण्डौ । शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सोमवार दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र आठौं स्थानमा रहेको मध्यपुर युथ क्लब खेल्दैछन् ।

खेल सवा १२ बजे हुनेछ । सातदोबाटोको ९ खेलमा २५ अङ्क छ । मध्यपुरको ९ खेलमा १० अङ्क छ ।

त्यस्तै एन्फा मैदानमै दिउँसो साढे तीन बजे रानीपोखरी कर्नर टिम आरसीटी र पुल्चोक स्पोर्ट्स क्लब खेल्दैछन् । आरसीटी १३ अङ्कसहित पाचौं स्थानमा छ भने पुल्चोक २ अङ्कसहित पुछारमा छ ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech