१४ बैशाख २०८१, शुक्रबार

कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटियो
  • न्युज मानसराेवर

दैलेख । कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।

प्रहरीका अनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । दैलेखको आठबिस नगरपालिका–३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव सोमवार बेलुकी भेटिएको हो ।

कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको छ ।

दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका–३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए ।

उहाँकाअनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको उनले बताए ।

घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गत मङ्सिर महिनामा मात्रै घर फर्केका थिए ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech