१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजनासमेत तयार भईरहेको छ । मेयर डा. धवल शम्शेर राणाका अनुसार बुधबार यसै सन्दर्भमा पारम्भिक तयारी तथा छलफल सम्पन्न भएको छ ।

मेयर राणाले राजनीतिक पार्टीको आवद्धता भन्दा माथि उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिए । आम नागरिकहरु आप्mनो शहरलाई महानगरपालिका बनाउन इच्छुक भएपनि राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने राणाले बताए ।

डिपिआरको काम गरिरहेको संस्था अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडाअध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती थियो । टोलीले वडा तहसम्म पुगेर पनि काम गर्नेछ ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech