१३ बैशाख २०८१, बिहीबार

थप ६० जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ७२ जनामा संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७१ हजार २४९ पुगेको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९१५ रहेको मन्त्रालयको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार १४ पुगेको छ।

 

 

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech