१४ बैशाख २०८१, शुक्रबार

श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध
  • न्युज मानसराेवर

काठमाण्डौ । श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ । राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ ।

यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताए ।

सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषदमा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको उनको भनाइ छ ।

योसम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ ।

सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परेर २५० जनाको ज्यान गएको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिँदै आएको छ ।

बुर्काका कारण राष्ट्रिय सुरक्षालाई असर गरिरहेको र यसलाई स्थायी रुपमै रोक्न निर्णय लामो समयदेखि रोकिएर बसेको सरकारी अधिकारीहरुले बताएका छन् ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech