१२ श्रावण २०८१, शनिबार

दाङमा आगलागी हुँदा ६ घर जलेर नष्ट
  • न्युज मानसराेवर

दाङ । दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामग्री, भकारीमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो ।

आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आगलागीबाट के कती क्षती भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech