१४ बैशाख २०८१, शुक्रबार

किशोरी बलात्कार आरोपमा चार जना पक्राउ
  • न्युज मानसराेवर

डडेल्धुरा । परशुराम नगरपालिकाकी १४ वर्षीया किशोरी बलात्कार आरोपमा चार जना पक्राउ परेका छन् । चार–पाँच महिना अगाडिदेखि ललाई फकाई प्रलोभन देखाउँदै पटक पटक बलात्कार गरेको भन्दै प्रहरी चौकी शीर्षमा पीडित बालिकाका आफन्तले उजुरी दर्ता गरेपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

आरोपित एक जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

बलात्कार आरोपमा परशुराम नगरपालिका– ५ का २८ वर्षीय बलबहादुर पुन मगर, सोही ठाउँका १९ वर्षीय राजेश थापामगर, ७० वर्षीय प्रताप भट्टराई र १६ वर्षीय जगदीश थापा मगरलाई पक्राउ गरिएको उनले बताए ।

अदालतबाट म्याद थप गरी हिरासतमा राखेर आरोपितमाथि अनुसन्धान भइरहेको उनले बताए ।

फरार रहेका परशुरामन–५ कै २४ वर्षीय डम्फु सिजालीको खोजी भइरहेको प्रहरीले जनाएको छ । बालिकाको शारीरिक अवस्था सामान्य छ ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech