१४ बैशाख २०८१, शुक्रबार

अनलाईन पत्रकार संघ बाँकेको संयोजकमा न्यौपाने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा सन्चालित अनलाइन मिडियालाई व्यवस्थित गर्दै अनलाइन मिडियाको समग्र विकासका लागि सोमबार नेपालगन्जमा अनलाइन पत्रकार संघ गठन गरिएको छ ।

नेपालगन्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको बुहत भेलाले सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समि

ति समेत गठन गरेको छ । भेलाले जावेद अन्सारीलाई सह-संयोजक, रामु ओलीलाई सचिव संगीता पाठक (सन्ध्या) लाई सहसचिव र ‘असलाम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ ।

कार्य समिति सदस्यमा सुनिता पन्त, युथ टुडे न्युज डट कम कि संवाददाता प्रेरणा गिरी, भीष्म लोध, दिक्षा विसीलाई चयन गरेको छ ।

गठित तदर्थ समितिको पहिलो बेठक पनि सोमबार नै बसेको छ । उक्त बैठकले हरेक महिनाको १५ ते मासिक नियमित बैठक बस्ने, संघ आधिकारीक दर्ताका लागि आबश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाइन दर्ताको प्रक्रिया अघि बढाउन प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकले संघको सललाहकार समितिमा रूद्र सुवेदी, प्रेम केसी, शंकर खनाल, विश्वरराज, डक्ट धिताललाई मनोनित गर्नका लागि बहस अघि बढाउने निर्णय गरेको छ ।

आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय गर्ने छ ।

 

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech