१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीको कोहलपुरमा सक्रियता बढ्यो

जबसम्म राप्रपाकाे नेतृत्वकाे सरकार बन्ने स्थिति हुदैन तब सम्म देशमा अस्थिरता, अराजकता र भ्रष्टाचारकाे शृङ्खला चलिरहने - हिक्मत ढकाल

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकालले साेमबार एक औपचारिक कार्यक्रममा “जबसम्म राप्रपाकाे नेतृत्वकाे सरकार बन्ने स्थिति हुदैन तब सम्म देशमा अस्थिरता, अराजकता र भ्रष्टाचारकाे शृङ्खला चलिरहने बताएका छन् ।

काेहलपुर नगरपालिका वडा नं १५ मा राप्रपाकाे सक्रिय सदस्यता वितरण तथा महिला संगठनकाे वडा नं १५ वडा कार्यसमिति गठन कार्यक्रममा  ढकालले आगामि पार्टी महाधिवेशनका लागि वडादेखि जिल्ला तहसम्म पार्टी कार्यसमितिको गठन, पुनर्गठन गरी बेलैमा सक्रिय सदस्यता वितरणको काम सक्नु पर्ने जिम्मेवारी रहेकाे उल्लेख गरेका छन् ।

काेहलपुर नगरपालिका वडा नं १५ अकलघरुवामा राप्रपा निकट महिला संगठन नव गठित वडा कार्यसमितिकाे धर्मि वस्खाेर अध्यक्षतामा २१ सदस्यीय गठन संगै ३० जना पार्टी प्रवेश गरेकाे कुरा महिला संगठन नगर अध्यक्ष लक्ष्मी हमालले बताएकी छिन् ।

कार्यक्रममा बांके क्षेत्र नं १ का क्षेत्रिय संयाेजक एवं जिल्ला काेषाध्यक्ष यम बहादुर रावत, जिल्ला सदस्य अर्जुन जंग शाह, जिल्ला सदस्य लाल बहादुर वलि , टुकाेन नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ लगायतले आ-आफ्नोे मन्तब्य व्यक्त गरेकाे कुरा बांके पार्टी प्रवक्ता श्रीधर सुवेदीले जनाएका छन् ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech