१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको जिल्ला भेला सम्पन्न

पार्टी लाई एक ढिक्का बनाउन नेतृत्व लाई सुझाव

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा   एमालेका नेता दलबहादुर सुनारले नेकपा एमालेको सच्चा कार्यकर्ता बनेर पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिएका छन ।

नेकपा एमाले माधव नेपाल समुह को बाँके जिल्ला भेलालाई आज नेपालगन्जमा सम्बोधन गर्दै नेता सुनारले सो कुरामा जोड दिएका हुन ।

पार्टी एकताका बेला आफुलाई सबैले जिम्मेवारीबाट च्युत गरेको पीडा सुनाउदै उहाँले आफू त्यही पनि एमाले,एमाले भन्दै हिडेको बताए । पुर्बराज्यमन्त्री समेत रहेका सुनारले सर्बोच्चले नेकपा एमाले ब्युताएकाले अब पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको काधमा आएको उल्लेख  गरे । भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा एकलौटी निर्णय कसैकालागी स्वीकार्य हुन नसक्ने धारणा राखेका थिए ।

भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष अशोक कोइरालाले कुनै ब्यक्तीको बलमा पार्टी नचल्ने भन्दै सबैलाई मिलाएर लैजान केपी ओलीलाई सुझाव दिए। पार्टीलाई एकताबद्ध र अनुशाशीत तरिकाले अगाडि बढाउन छाडेर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पेवा सम्झेको भन्दै दुख व्यक्त गरे । ओलीले पार्टीलाई तहसनहस पार्ने काम गरेको टिप्पणी समेत कोईरालले गरे ।

यस्तै पार्टीका जिल्ला उपाध्यक्ष निरक गुरुङले पार्टीलाई अध्यक्ष ओलीले गुटमा परिणत गराएको भन्दै आपत्ति जनाए ।उनले यहि अबस्थामा पार्टी नचल्ने चेतावनी दिए।

जिल्ला सचिव रत्न खत्रीले ओलीबादका कारण पार्टीमा ठूलो संंकट आएको दाबी गरे । खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन ६५ सदस्यीय जिल्ला कमिटीका बहुमत पदाधिकारी र सदस्य सहित अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो । एमालेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा असोक कोईराला, उपाध्यक्षमा निरक गुरुङ, सचिवमा रत्न खत्री र उप सचिवमा प्रमोद धिताल निर्वाचित भएका थिए ।

सचिव खत्रीका अनुसार सोमबारको जिल्ला भेलामा पालिकास्तरका अगुवा कार्यकर्ता पनि सहभागी थिए । आईतबार मात्रै बाँकेको बैजनाथ, खजुरा र जानकीमा अगुवा कार्यकर्ता भेला गरिएको थियो ।

भेलामा जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी, नगर कमिटीका पदाघिकारी, वडा कमिटीका , बिभिन्न जनबर्गिय संगठनकाका नेता कार्यक्रर्ताको पनि सहभागिता रहेको सचिव खत्रीले जानकारी दिए ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech