काठमाडौं – नेकपा एमालेको माधव–झलनाथ पक्षले आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन्।
बिहान ११ बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला हुने नेता विष्णु रिजालले जानकारी दिए।
मंगलबार पत्रकार सम्मेलन गर्दै सो पक्षले भेलाको तयारी पूरा भएको जनाएको थियो।
यसअघि सो भेला रोक्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए।
तर, नेता माधव–झलनाथ पक्षले भने कार्यकर्ता भेला नरोक्ने भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर भेलाबारे जानकारी दिएका थिए।
साथै प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा समेत सो पक्ष सहभागी भएको थिएन। साभार