१३ बैशाख २०८१, बिहीबार

कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमाले बचाऔं : नेपाल
  • न्युज मानसराेवर

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेको एकता बचाउन अपिल गरेका छन्।

एमाले माधव–झलनाथ समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रतिवेदन प्रस्तुत गर्दै उनले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमालेको एकता बचाउनुपर्नेमा जोड दिएका हुन्।

नेपालले एमालेमा अहिलेको लडाइँ पदका लागि नभई सिद्धान्त, विधि र पार्टीको लडाइँ भएको बताएका छन्। ‘यो स्थिति ल्याउने एमाले अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ,’ उनले भने।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech