बाँके बैजनाथ । बाल विवाह न्यूनिकरणका लागि सेवा प्रदायकहरुसंगको कार्याशाला गोष्ठी बैजनाथमा उद्घाटन गरिएको छ । कार्यशालामा बृह्त छलफल गरिने छ । ३ दिन सम्म कार्यशाला सञ्चालन हुने छ ।
कार्याशाला गोष्ठीको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले व्यानर वाचन गरी उक्त कार्याशालाको उद्घाटन गरिन् ।
बाल विवाह रोगथाम परियोजना बैजनाथ गाउँपालिकामा सञ्चालन छ ।
वाल विवाह रोगथामका लागि स्याक नेपालले जिल्लाका सबै स्थानीय निकाय संगको समन्वयमा विभिन्न कार्यक्रम अन्तर संवादका माध्यम बाट वाल विवाह रोगथाममा योगदान गर्दै आइरहेको सहजकता वविता सिहले जानकारी गराईन् ।
कार्यशाला गोष्ठिको सहजिकरण शिवलाल पाण्डेले गरेका छन् ।
कार्यशालामा वडा अध्यक्ष जनप्रतिनिधि ,व्यापारी ,बाल क्लब ,राजनितिक दल ,पत्रकार महिला सञ्जाल धर्म गुरु , यातायातकर्मी ,टेन्ट हाउस प्रहरी , युवा सञ्जाल होटल व्यवसाय लगाएतको सहभागिता रहेको छ ।