१३ बैशाख २०८१, बिहीबार

आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने
  • न्युज मानसराेवर

काठमाडौं – प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम छ।

संसद सचिवालयका अनुसार ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷०७७ को  वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

यस्तै आज पूर्व राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यक्रम छ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech