६ बैशाख २०८१, बिहीबार

वडा न १ र ५ बाल विवाह मुक्त घोषणा गरिने अध्यक्ष रुचाल

बाल विवाह न्यूनिकरणमा अहिले विशेष अभियान मा छौँ कानूनी कारवाहीका सन्दर्भमा अभिभावक तथा सामाजिक मुल्य मान्यताले गर्दा जटिल्ता ल्याएको छ अब त्यसको अत्यका लागि सबै एक हुन आवश्यक छ

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाल विवाहका कारण कानूनी जटिल्ता  पैदा गरेको छ ‘अब त आवश्यक परे कानून संशोधन गर्नु पर्ने अवस्था समेत सृजना भएको छ ‘ किन भने हामीले मातृत्व स्यार कार्यक्रम अन्तर्गत प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौँ ।  तर ‘बाल विवाहले गर्दा त्यो प्रोत्साहन भत्ता बाट  आमाहरु  बन्चित छन् ‘   त्यसैले यो अभियान हाम्रो हो अब बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्नु छ त्यसका लागि सबै सरोकारवालाहरुको सहकार्य तथा  समन्वयको आवश्यक छ ।

यी  भनाई बाल विवाह रोगथाम परियोजनताले सञ्चालन गरेको ३ दिने कार्यशाला गोष्ठिको समापनमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भनेका हुन् ।

बाल विवाह गाउँपालिका वा वडा घोषणा गर्नु ठुलो विषय नभएको बताउदै उनले कायान्वय महत्व रहेको धारणा राख्दै अभियानको रुपमा बैजनाथ गाउँपालिका वडा न १ र वडा न ५ तत्काल बाल विवाह घोषणा गरिने जानकारी समेत
दिए ।

बाल विवाह अत्य हुन पर्छ तर हामी बाल विवाह न्यूनिकरणमा अहिले विशेष अभियान मा छौँ कानूनी कारवाहीका सन्दर्भमा अभिभावक तथा सामाजिक मुल्य मान्यताले गर्दा जटिल्ता ल्याएको छ अब त्यसको अत्यका लागि सबै एक हुन आवश्यक छ अहिले आवश्यक समन्वय तथा सहकार्य गरेनौ भने भविष्यमा बाल विवाह गर्ने नानीहरुको भविष्य छैन त्यो समाज र अभिभावकले बुझ्न आवश्यक छ अध्यक्ष रुचााले भने ।

कार्यक्रममा वडा सदस्य भूमिशरा थापा मगरले गोष्ठिको औचित्य बाल विवाह अत्य पछि मात्र सिद्ध हुने बताउदै सबैको सहकार्य आवश्यक रहेको बताईन् । यसै गरी दिल विश्वकर्माले बाव विवाह सम्बन्धि साझा अवधारण हुन आवश्यक रहेको औल्याएका थिए ।
कार्यक्रमको सहजीकरण बैजनाथ गाउँपालिका तथा आर्थिक सहयोग प्लान नेपाल र  स्याक नेपालको आयोजनामा ३ दिने कार्यशाला गोष्ठि बैजनाथमा समापन गरिएको छ ।

कार्यशालामा वडा अध्यक्ष  जनप्रतिनिधि  ,व्यापारी ,बाल क्लब ,राजनितिक दल ,पत्रकार महिला सञ्जाल धर्म गुरु , यातायातकर्मी ,टेन्ट हाउस प्रहरी , युवा सञ्जाल होटल व्यवसाय लगाएतको सहभागिता रहेको थियो ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech