१३ बैशाख २०८१, बिहीबार

अब बन्ने भो ! गाउँपालिकाको डिजिटल प्रोफाइल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाको डिजिटल बस्तुस्थिति विवरण (प्रोफाइल) निमार्ण गरिने भएको छ ।

मगलबार  तयारी कार्यशाला तथा गोष्ठिको  कार्यक्रमको आयोजना गर्दै उक्त डिजिटल गाउँपालिकाको प्रोफाइल निमार्ण कार्य बारे जानकारी गराइएको हो ।
गभर्नेन्श स्टडिज  एण्ड रिसर्च सेन्टर बाँकेले गाउँपालिकाको प्रोफाइल निमार्णमा काम गर्ने छ ।

कार्यशाला तथा गोष्ठिमा  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले सबै जातिहरुको विवरण तथा गाउँपालिकाको तस्विर बस्तुस्थिति विवरणमा आउने विश्वास व्यक्त गरे । उनले आधुनिक तथा समृद्ध गाउँपालिकाको चाहना पुरा गर्न डिजिटल प्रोफाइले महत्वपूर्ण सहयोग पुग्ने   विश्वास व्यक्त गरे ।

यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडिले प्रोफाइल निमार्ण गर्दा तथ्य उपर र तथ्याङ्क
विषय उल्लेख गर्न प्राविधिक टोलिलाई आग्रह गरे ।
कार्यक्रममा गभर्नेन्श स्टडिज एण्ड रिसर्च सेन्टर बाँकेका अध्यक्ष सुमन विकले डिजिटल प्रोफाइनका विधि तथा औचित्य बारे प्रकाशन  गरे ।
कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य , शाखा प्रमुख , कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संञ्चालन सूचना अधिकारी तप्तराज आचार्यले गरेका थिए ।

 

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech