११ बैशाख २०८१, मंगलवार

बाँकेमा बस र टिपर ठोक्किँदा ५ जना घाइते
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा बस टिपर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुधवार बिहान ९ बजे नेपालगञ्ज कोहलपुर सडकखण्डमा पर्ने गनापुरमा एकै दिशातर्फ जाँदै गरेका टिपर र बस ठोक्किएका हुन् ।

कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना ६ ख ७८८२ नम्बरको बस र भे १ क १४९९ नम्बरको टिप्पर ठोक्किँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ । सडकबाट मोड्ने क्रममा रहेको टिपरलाई पछाडिबाट आइरहेको बसले ठक्कर दिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

घाइते ५ जना मध्ये एक जना बालकको अवस्था अलि जटिल रहेको ट्राफिक प्रहिले बताएको छ । प्रहरीले टिपर र बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech