१५ चैत्र २०८०, बिहीबार

सार्वजनिक स्थानमा होली खेल्न रोक
  • न्युज मानसराेवर

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा होली खेल्न रोक लगाएको छ।

कोभिड–१९ संक्रमणको दर बढ्दै गएकोले होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। यस वर्षको होली चैत १५ र १६ गते मनाइँदैछ।

काठमाडौं उपत्यकामा वृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनिकरण गर्न स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्यसञ्चालन गर्ने र समय–समयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्नसमेत प्रजिअ पराजुलीले अनुरोध गरेका छन्।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तहमार्फत् अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उनले बताए।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्न, कक्षाकोठाको व्यवस्थापन सोहीअनुसार गर्न, स्यानिटाइजर प्रयोग गर्न तथा हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्नसमेत प्रजिअले अनुरोध गरेका छन्। साभार

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech