१२ बैशाख २०८१, बुधबार

केन्द्रको जर्वजस्ती विरुद्ध महासंघ बाँकेमा प्रेस चौतारीको तालाबन्दी
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले अवैध र राजनीतिक मनोमानीका आधारमा २५ गते तोकिएको निर्वाचनका लागि मतदाताका रुपमा बाँके जिल्लामा गैरपत्रकारलाई नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले  महासंघ बाँकेमा तालाबन्दी गरेको छ ।
चौतारीका अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, अग्रज पत्रकारहरु शिव डोटेल, जे पाण्डे लगायतका पत्रकारहरुले तालाबन्दी गरेका हुन ।
महासंघ बाँकेले निर्णय गरी पठाएको नयाँ सदस्यता केन्द्रबाट नआउँदासम्म निर्वाचनको सम्पूर्ण कार्यक्रम अगाडी बढ्न नदिन चौतारीले तालाबन्दी गरेको हो ।
चौतारीका अनुसार महासंघले पठाएका सदस्यहरुको सूचीमा क्रियाशिल पत्रकारको नाम समेत छुटाएको छ । चौतारीले महासंघ केन्द्रले सदस्यता विवादमा गरेको सो कार्य प्रति पूर्ण विमती जनाउदै घोर आपत्ती व्यक्त गरेको छ ।
उक्त कार्यले पत्रकार महासंघ जिल्ला शाखा र प्रदेशको महत्व मर्यादा, सम्मान र यसको सर्वस्वीकार्य प्रति प्रश्न उठेको छ । यस प्रकारको हैकमवादी प्रवृतिले पत्रकार महासंघको केन्दीय कार्यसमितिले अहंकार, गैर जिम्मेवारी र नेतृत्वको असक्षमताको ऐना हो ।
नयाँ सदस्यता वितरणको प्रक्रिया लत्याएर विधि, विधान र प्रक्रिया विपरित केन्द्रबाट नाम परिवर्तन गर्ने कार्य हामीलाई कदापी स्वीकार्य हुन नहुने चौतारीले जनाएको छ ।
प्रक्रिया विपरित नयाँ सदस्य थप गरिएको र अन्यत्रबाट सरुवा गरिएको घटनाले तत्काल नसच्याउँदा सम्म बाँके शाखाले निर्वाचन प्रकृया अगाडी नबढाउन जोडदार माग गरिएको छ ।
साथै नयाँ सदस्य थप गर्ने विषयमा शाखाको सिफारिस कार्यान्वयन हुनुपर्ने, पुराना सदस्यलाई हटाउने कुकार्य तत्काल सच्याउनु पर्ने र सदस्यता सरुवा गरिएकोमा शाखाको अनिवार्य स्वीकृती हुनु पर्ने यी सवालमा सुनुवाई नभए यस शाखाको निर्वाचन कुनैपनि अवस्था अगाडी नबढ्ने नबढाउन माग गरिएको छ ।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech