१२ बैशाख २०८१, बुधबार

कोरोनाविरुद्धको खोप आज चीनबाट नेपाल ल्याइँदै, यस्ता छन् विशेषता
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । सो खोप दिउँसो नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech